विराटनगर पुगेका कलाकार हरिवंश आचार्य बिरामी | Khabarhub Khabarhub

विराटनगर पुगेका कलाकार हरिवंश आचार्य बिरामी


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

विराटनगर- वरिष्ठ हास्य कलाकार हरिबंश आचार्य बिरामी भएका छन् । बिरामी भएपछि उनी अस्पताल भर्ना भएका छन् ।

विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीका मदनकृष्ण श्रेष्ठ र हरिवंश शनिबार विराटनगर आएका थिए ।

विराटनगरमै बसेका आचार्य आइतबार बिहान काठमाडौं फर्कने तयारीमा थिए । तर अचानक नाकबाट रगत बगेपछि उनी विराटनगर अस्पतालमा भर्ना भए ।

आचार्यको अवस्था सामान्य भइसकेको हिमगिरी हाउजिङका निर्देशक प्रकाश मुन्दडाले बताए ।

आचार्य बिरामि भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्यअवस्था बुझेका छन् । आचार्यको स्वास्थ्य सामान्य रहेको मुख्यमन्त्री कार्कीले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : ४९ बजे

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण