सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने « Khabarhub

सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले वर्तमान सरकार गठन गर्दा संविधानको गलत धारा प्रयोग भएको उल्लेख गर्दै दायर गरिएको रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न भएकाले उक्त विवाद संवैधानिक इजलासले सुनुवाइ गर्न उपयुक्त हुने ठहर गरेको हो ।

आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेकाले सोको निरूपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिँदा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १७ (२) क बमोजिम प्रधानन्यायाधीशसमक्ष पेस गर्नु ।’ संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश रहने व्यवस्था छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई  गरेको नियुक्ति संविधान विपरीत भएको उल्लेख गर्दै गत असार ३१ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : ५१ बजे

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी