मुलुक र जनताको चाहनाअनुसार संविधान संशोधन गर्नुपर्छ : नेता महतो « Khabarhub

मुलुक र जनताको चाहनाअनुसार संविधान संशोधन गर्नुपर्छ : नेता महतो


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टीका नेता वीरेन्द्रप्रसाद महतोले मुलुकमा भ्रष्टाचार र अनियमितताले जरो गाडेको र जनताले सहज रूपमा सेवा नपाउने अवस्था रहेकाले त्यसमा तत्काल सुधार जरुरी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा माग लिँदै महतोले भ्रष्टाचारको जरो चौतर्फी रूपमा फैलिइरहेकाले त्यसलाई नियन्त्रणका लागि सबै राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताए ।

उनले पार्टी र आफ्नो स्वार्थभन्दा माथि उठेर मुलुकको समस्या समाधानका लागि सबै पक्षको साझा सहमतिमा जोड दिए ।

मुलुक र जनताको चाहनाअनुसार संविधान संशोधन गर्नुपर्ने भन्दै उनले प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा राखेको विचारको पक्षमा रहेको धारणा राखे ।

सांसद महतोले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जानकारी दिँदै जनतालाई चाहिने न्यूनतम आवश्यकता सम्बोधन गर्न सरकार कटिबद्ध हुने विश्वास व्यक्त गरे ।

सरकारले राम्रो काम गर्नेमा आफू र आफ्नो पार्टी आशावादी रहेको पनि नेता महतोले उल्लेख गरे ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : ५४ बजे

आयोग निर्वाचनको तीव्र तयारीमा छ : कार्यवाहक आयुक्त भण्डारी

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य

काठमाडौंका ९ सभापतिद्वारा विशेष महाधिवेशन अवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी 

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको विरोधमा काठमाडौंका ९ जना

कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छ : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा

प्रचण्ड पनि सञ्जय दत्तको फ्यान

काठमाडौं – व्यवसायिक कारणले दुई दिने नेपाल भ्रमणमा आएका सञ्जय