विपद्जन्य घटनामा परी मृत्यु हुनेको सङ्ख्या एक सय ३० पुग्यो « Khabarhub

विपद्जन्य घटनामा परी मृत्यु हुनेको सङ्ख्या एक सय ३० पुग्यो


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ३० जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३० जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४४ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय २९ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ८९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ९ सय ९८ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ७ : ३३ बजे

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो