महिला एसिया कप : पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल « Khabarhub

महिला एसिया कप : पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट अन्तरगत पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशाला पाकिस्तानले टस जितर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

प्रतियोगितामा विजयी सुरुवात गरेको नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ। पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।

प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। अहिलेसम्म समूह चरणका एकएक खेल सम्पन्न भइसकेका छन्। समूह ‘ए’मा समान दुई अंकसहित भारत र नेपाल पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र यूएईले खाता खोल्न सकेका छैनन्। आज नै भएको समूह एको खेलमा भारतले युएईलाई ७३ रनले पराजित गरेका छ ।

समूह ‘बी’मा श्रीलंका र थाइल्याण्ड दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने बंगलादेश र मलेसियाले खाता खोल्न सकेका छैनन्।

समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

नेपालको ऐतिहासिक पहिलो जित

नेपालको पहिलो खेलको जितमा ब्याटिङतर्फ सम्झना खड्का र बलिङमा कप्तान इन्दु बर्माको योगदान महत्त्वपूर्ण रहयो। श्रीलंकाको डम्बुला शुक्रबार मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले यूएईले ८ विकेटको क्षतिमा दिएको ११६ रनको लक्ष्य १६।१ ओभरमा चार विकेटको क्षतिमा ११८ रन बनाउँदै पूरा गरेको हो।

नेपालको पहिलो जितका लागि सम्झना खड्काले ४५ बलको सामना गर्दै ११ छक्काको मद्तमा ७२ रन बनाइन भने कप्तान इन्दु बर्माले तीन विकेट हात पारिन्।

पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा छ। समान दुई अंक भएको भारत रनरेटको आधारमा तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा भारतले शुक्रबार पाकिस्तानलाई सात विकेटले हराएको हो। पाकिस्तानले दिएको १०९ रनको लक्ष्य भारतले १४।१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो।

नेपालले समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। यो खेल साउन ८ गते डम्बुलामै हुनेछ। साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ७ : ०१ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु