भारतीय दूतावासले मनायो आषाढ पूर्णिमा, बौद्ध सूत्रबाट प्रार्थना « Khabarhub

भारतीय दूतावासले मनायो आषाढ पूर्णिमा, बौद्ध सूत्रबाट प्रार्थना


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमा मनाएको छ । आषाढ पूर्णिमाका अवसरमा दूतावासले विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरू सहभागी थिए ।

कार्यक्रममा थेरावडा संघ, महायाना संघ र बज्रयान संघले विधिपूर्वक प्रार्थना गरे । त्यसपछि बौद्ध सूत्रबाट प्रार्थनाको वाचन र अर्पण गरिएको थियो ।

नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिएको शिक्षाको महत्त्वमाथि प्रकाश पार्दै भारत र नेपालमा रहेका पवित्र बौद्धस्थलले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई उदाहरणका रूपमा चित्रण गरेको बताए ।

उनले शताब्दीयौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिका रूपमा रहेको बताए ।

भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँच जना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिएको दिनलाई गुरू पूर्णिमामा स्मरण गर्ने गरिन्छ ।

बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टांगिक मार्ग’ बारे उपदेश दिएका थिए । यस दिनलाई ‘धर्मचक्रको पहिलो फन्को’ का रूपमा पनि चिन्ने गरिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ७ : ११ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का