ओलीसँगको भेटलाई राजनीतिकरण गरिनु खेदजनक : विनोद चौधरी « Khabarhub

ओलीसँगको भेटलाई राजनीतिकरण गरिनु खेदजनक : विनोद चौधरी


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सांसद विनोद चौधरी सन्दर्भ नै नभएको विषयमा आफूलाई जोडेर स्टन्टबाजी गरिएको बताएका छन् ।

उनले आजको संसद बैठकमा सहकारी प्रकरणमा जोडिएका व्यक्तिले आफूलाई सन्दर्भ नै नभएको विषयमा जोडर पराजित मानसिकताको परिचय दिएको उल्लेख गरेका हुन् ।

उनले भने, ‘आजको संसद बैठकमा एउटा पार्टीका नेता जो आफै सहकारी प्रकरणमा नराम्रोसँग तानिएका छन्, उनले पराजित मानसिकताको परिचय दिए। सन्दर्भ नै नभएको विषयलाई मसँग जोडेर फेरि एउटा स्टन्ट बाजी गरे ।’

साथै चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटलाई राजनीतिकरण गर्न खोजिएको भन्दै खेद प्रकट गरेका छन् । ‘सत्ताको दुरुपयोग गरेर नेपालमा लामो इतिहास बोकेको एउटा उद्यमी तथा निर्वाचित सांसदलाई दुःख त दिए नै, आज फेरि अन्तर्राष्ट्रिय संगीत दिवसको साँझमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको एउटा सामान्य भेटलाई जुन तरिकाले राजनीतिकरण गर्न खोजियो, यो खेदजनक छ । बाँकी कुरा म संसदमा नै राख्नेछु ’ उनले भने ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : १८ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा