महिला एसिया कप : पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित « Khabarhub

महिला एसिया कप : पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा एक विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि गुल फिरोजाले अर्धशतक प्रहार गरिन् । ३५ बलको सामना गरेकी उनले १० चौकासहित ५७ रन बनाइन् । त्यस्तै मुनिबा अलीले ३४ बलमा ८ चौकासहित नटआउट ४६ रन बनाइन्। नेपालका लागि कविता जोशीले एक विकेट लिइन् ।

त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो ।

नेपालका लागि कविता जोशीले सर्वाधिक ३१ रनको योगदान दिइन् । २३ बलको सामना गरेकी जोशीले चार चौका र एक छक्का प्रहार गरिन् ।

सिता राना मगरले २६ रन बनाइन । ३० बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन् । पुजा महत्तो र कविता जोशीले अन्तिममा महत्वपूर्ण साझेदारी गर्दा नेपालले सम्मानजनक योगफल खडा गरेको हो । ३२ बलको सामना गरेकी महत्तोले तीन चौकाको मदतमा २५ रन बनाइन् । उनी २० औं ओभरमा रन आउट भएकी थिइन् ।

कविता कुँवर १३, सम्झना खड्का ४ रनमा आउट हुँदा कप्तान इन्दू बर्माले रनको खाता नै खोल्न सकिन्न् । त्यस्तै रुबिना क्षेत्री ८ बनाएर रन आउट भइन् ।

पाकिस्तानका लागि सादिया इकबालले दुई तथा फातिमा सानाले एक विकेट लिए । याे हारसँगै नेपाल समूहकाे ‘ए’काे तेस्राे स्थानमा झरेकाे छ । याे चार अंकसहित भारत शीर्ष स्थानमा रहँदा पाकिस्तान दाेस्राे र युएई चाेथाे स्थानमा छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : ५० बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका