बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा | Khabarhub Khabarhub

बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक १० दिनपछि आज साँझदेखि सञ्चालनमा आएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा पहिरो खसेपछि गत असार २८ गतेदेखि बेनी–दरवाङ सडकअवरुद्ध भएको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरी पहिरो पन्छाएपछि आइतबार साँझदेखि सडक सञ्चालनमा आएको हो । कार्यालयका सव–इञ्जिनियर रविन चोखालले सडकमा थुप्रिएको पहिरो पन्छाएर यातायातका साधन सञ्चालन गरिएको जानकारी दिए ।

सडक अवरुद्ध हुँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको जिल्ला सदरमुकाम बेनी बजारसँग यातायात सम्पर्कबिच्छेद भएको थियो । सर्वसाधारणलाई आवतजावत, बिरामीलाई अस्पताल लैजान, दैनिक उपभोग्य सामान ढूवानी, कृषि उपज निकासी प्रभावित बनेको थियो ।

निर्माण सामग्री ढुवानी गर्न समस्या हुँदा पश्चिम म्याग्दीमा निर्माणाधिन जलविद्युत्, सडक, भवन, प्रसारण लाइन, सवस्टेशन आयोजनाको काम प्रभावित बनेको छ । फापरखेतको करिब एक सय मिटर दुरीमा पाखोबाट खस्ने सुक्खा पहिरो प्रदेश सरकारले स्तरोन्नति गरिरहेको बेनी–दरवाङ सडकको चुनौति बनेको छ ।

म्याग्दी– १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान र सडक निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिएको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : ४१ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका