पाठेघरको बायोप्सी निकाल्ने क्रममा चितवनमा एक महिलाको मृत्यु  « Khabarhub

पाठेघरको बायोप्सी निकाल्ने क्रममा चितवनमा एक महिलाको मृत्यु 


५ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकालको मृत्यु भएको हो ।

अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) औषधी दिइएकी उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेसन गरेर बायोप्सी निकाल्न लागिएको थियो । सूचना अधिकारी पौडेलका अनुसार मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या थियो । उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए । उनले घटनाका बारेमा थप बुझ्ने काम भइरहेको बताए ।

मृतकका आफन्तहरूले भने अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  १२ : ०७ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच