‘सतीदेवी’को प्रिमियरमा जे देखियो (तस्बिरहरू) « Khabarhub

‘सतीदेवी’को प्रिमियरमा जे देखियो (तस्बिरहरू)


५ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को प्रिमियर शो गरिएको छ ।

कमलपोखरीस्थित एक हलमा आयोजित प्रिमियरमा फिल्मका कलाकारहरूले तीन सयभन्दा बढी दर्शकसँग बसेर फिल्म हेरे ।

प्रिमियरमा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, कलाकार एवम् निर्देशक दीपाश्री निरौला, नायकहरू जयकिशन बस्नेत, सलोन बस्नेत, सलिनमान बानियाँ, नायिकाहरू मिरुना मगर, जान्बी बस्नेत लगायत उपस्थित थिए ।

फिल्म हेरेपछि अधिकांशले ‘समाजमा का‍यम लैङ्गिक असमानता’को घटना फरकशैलीमा पर्दामा प्रस्तुत गर्ने निर्देशक सुवेदी सफल भएको प्रतिक्रिया दिए ।

फिल्मको शीर्ष भूमिकामा रहेकी नायिका मलिका महतलाई पहिलो पटक ठूलो पर्दामा ग्रामीण क्षेत्रको किशोरीको भूमिका देख्न सकिन्छ । उक्त भूमिकालाई न्याय गरेको भन्दै मलिकाले बधाईसमेत पाइन् ।

यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘सतीदेवी’मा मलिकासहित, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनिषा सापकोटा, सुजिता शिवाकोटी लगायतको अभिनय छ ।

फिल्मका लेखकसमेत निर्देशक सुवेदी स्वयम् हुन् । दिलासा र साराको प्रस्तुति रहेको यस फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  १२ : ३४ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला