पाकिस्तानी संसद्‍ भवनमा मुसा आतंक, चपाइदिए महत्त्वपूर्ण कागजपत्र « Khabarhub

पाकिस्तानी संसद्‍ भवनमा मुसा आतंक, चपाइदिए महत्त्वपूर्ण कागजपत्र


५ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको संसद् यसबेला एउटा अनौठो समस्यासँग जुधिरहेको छ । यो समस्यामा त्यहाँका नेताहरूको कुनै संलग्नता छैन । यहाँको खास समस्या संसद् भवनभित्र मुसाका कारण उब्जिएको हो ।

मुसाले नयाँ सांसदहरूका लागि डरको वातावरण बनाइदिएका छन् । मुसाको आतंक संसद्‍ भवनभित्र नेताहरूको कार्यालयमा देख्न पाइएको छ ।

यस समस्य जब पत्ता लाग्यो तब एक आधिकारिक कमिटीले सन् २००८ मा बसेको बैठकको एक निर्णय देखाउन भन्यो । जब त्यो फाइल निकालियो तब त्यसलाई आधाभन्दा धेरै मुसाले खाइदिएर धुलोमा परिणत गरेको भेटियो ।

त्यहाँको नेशनल एसेम्ब्लीका प्रवक्ता जफर सुल्तानले बताएअनुसार संसद् भवनभित्रका मुसा बिरालोसमेत तर्सिने गरी ठूला ठूला आकारका रहेका बताए ।

पाकिस्तानमा यो समस्या यति ठूलो भएको छ कि हरेक वर्ष संसद्का लागि मुसा मार्नकै लागि सरकारले १२ लाख स्थानीय रुपैयाँ छुट्याउने गरेको छ

समाचार अनुसार धेरै मुसा संसद् भवनको पहिलो तलामा छन् । यहाँ सिनेटका विपक्षी नेताको कार्यालयसहित अधिकतम् राजनीतिक दल र स्थायी कमिटीको बैठक पनि बस्छ ।

यही तलामा खाना खाने हल पनि छ । दिउँसो मानिसहरू हुँदा यहाँ मुसा देखिँदैनन्। तर जब राति हुन्छ तब त्यहाँ मुसाको विध्वंस सुरु हुन्छ । मुसाले रातभरीमा त्यो हलका कुनै पनि सामान बाँकी राख्दैनन् ।

नेशनल एसेम्ब्लीका एक अधिकारीले भने, ‘जब साँझमा कोही हुँदैन, तब मुसा यसरी दौडिन्छन् कि त्यहाँ कुनै म्याराथ चलेको होस् । यहाँ काम गर्ने पुराना कर्मचारी मुसासँग बानी परिसकेका छन् तर नयाँ कर्मचारी भने तर्सिने गरेका छन् ।

पाकिस्तानी पत्रिकाले मुसा मार्ने उपाय छाप्दै विज्ञापन नै छापेको छ । संसद्ले सबै मुसालाई ठेगान लगाउन विषादी निर्माता कम्पनी पनि खोजिरहेको छ । अहिलेसम्म केबल दुई कम्पनीले यी मुसाको सामना गर्ने कुरामा चासो देखाएका छन् ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  १ : ४८ बजे

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा