पाकिस्तानका कारागारको अवस्था दयनीय, महिला कैदी झन समस्यामा « Khabarhub

पाकिस्तानका कारागारको अवस्था दयनीय, महिला कैदी झन समस्यामा


५ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा कारागारको अवस्था दयनीय रहेको पाइएको छ । पाकिस्तानका कारागारमा अत्यधिक भीड हुने गरेको भन्दै बारम्बार आलोचना हुने गरेको छ । त्यसबाहेक आधारभूत आवश्यकतासँगै सरसफाइको पनि कमी रहेको बताइन्छ ।

पाकिस्तानी कारागारको दयनीय अवस्थाका करणले त्यहाँ राखिएका खासगरी महिला कैदीलाई समस्या पर्दै आएको छ । इस्लामखबरका अनुसार पाकिस्तानको कुल कारागार क्षमता ६६ हजार ९९ जना रहेको छ । तर हाल त्यहाँ १ लाखभन्दा धेरै कैदीबन्दी रहेका छन् ।

अमेरिकाले आधारभूत संरचनाको अभावका कारण कुनै आरोप लागेर हिरासतमा रहेका बन्दी र अदालतबाट सजाय पाएर जेल जीवन बिताइरहेका कैदीलाई एकै ठाउँमा राख्ने गरेको भन्दै पाकिस्तानी कारागार विभागले आलोचना गरेको थियो । त्यसबाहेक पाकिस्तानमा साना अपराध गरेका कैदी र हिंसात्मक अपराधमा संलग्न कैदीलाई एउटै कारागारमा राख्ने गरिएको छ ।

पाकिस्तानका कतिपय कारागारमा क्षमताभन्दा २०० प्रतिशत धेरै बन्दीहरू राखिएको छ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार सबैभन्दा भीडभाडयुक्त कारागार हुने मुलुकको सूचीमा पाकिस्तानको पनि नाम आउँछ । 

त्यसबाहेक पाकिस्तानका अधिकांश कारागारमा कैदीलाई यातना समेत दिने गरिएको छ । कारागारमा रहेका महिला कैदीबन्दीमाथि कारागार प्रशासनका अधिकारीबाटै यौन दुर्व्यवहार समेत हुने गरेको संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराध कार्यालयको अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ४ : १७ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो