मन्त्री पाण्डेको निर्देशन- कुन फाइल कहाँ अड्किएको छ २४ घण्टा भित्र छिनोफानो गर्नू  « Khabarhub

 मन्त्री पाण्डेको निर्देशन- कुन फाइल कहाँ अड्किएको छ २४ घण्टा भित्र छिनोफानो गर्नू 


५ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायलाई चुस्त र परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।  

संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग बुधबार ‘समस्या तथा चुनौती र समाधानका उपाय’ विषयक  छलफल कार्यक्रममा उनले मातहतलाई निर्देशन दिएका हुन् । 

‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ, त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला,’ मन्त्री पाण्डेले भने । उनले असोज महिनाभित्र प्रत्येक निकायले कार्यप्रगति विवरण पेश गर्न पनि निर्देशन दिए । 

‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरूको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला,’ पाण्डेले भने, ‘असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि के–के गर्छौं ? गर्न सक्ने कार्यक्रमहरु के–के हुन् ? गर्न नसक्ने काम के–के हुन ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नु ।’ 

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोहीअनुसार अघि बढ्नसमेत कर्मचारीलाई निर्देशन दिए । उनले नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नु पर्ने बताए ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ५ : ५४ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको