उपप्रधानमन्त्री सिंहले भने- धरहरा खुला गर्ने तयारी भइरहेको छ | Khabarhub Khabarhub

उपप्रधानमन्त्री सिंहले भने- धरहरा खुला गर्ने तयारी भइरहेको छ


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि  चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताए । 

आज सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।

उनले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त भने चाँडै हुने विश्वास व्यक्त गरे ।

‘धरहरा चढ्न चाहनेका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्नेछ । धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौँ’, उपप्रधानमन्त्री सिंहले भने।

यसअघि सरकार अस्थिर हुँदा नयाँ सहर निर्माण प्रक्रियामा ढिलाइ भएको भन्दै उनले हाल संसद्कै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ सहरलाई सुरक्षित र व्यवस्थित गर्ने काम अगाडि बढ्ने बताए।

काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिरहेको उपप्रधानमन्त्री सिंहले जानकारी दिए। सरकारले नीति निर्माणमा बढी जोड दिइरहेको पनि उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ६ : ०१ बजे

ललितपुर महानगरपालिकाले थाल्यो अनधिकृत संरचना हटाउन (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत

गैरआवासीय नेपालीको गुनासो- मालपोतले समेत नचिन्ने नागरिकताको के काम ?

काठमाडौं- गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट

सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका- खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको हुन सक्छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी