फोहर विर्सजनस्थलमा भेटिएको शवको पहिचान खुल्यो « Khabarhub

फोहर विर्सजनस्थलमा भेटिएको शवको पहिचान खुल्यो


५ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

कटारी – उदयपुरको कटारी नगरपालिका–३ राजावासस्थित फोहर विर्सजनस्थल (डम्पिङ साइट) मा आज बिहान फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईका अनुसार उक्त शव जिल्लाकै ताप्लि गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर दमाईको हो ।

दमाईको नाति पर्ने ३४ वर्षीय मिनबहादुर परियारले शवको आज साँझ शवको पहिचान गरेका हुन् । “विगत १५ वर्षदेखि घर छोडेर हिनेका रहेछन् । काठमाडौँ हुँदै कटारी आइपुगेका छन्,” उपरीक्षक राईले भने, “कटारी बजार आसपासमा पुराना खाली बोतल टिपेर हिँड्ने गरेका रहेछन् ।”

बेवारिसे शवलाई प्रहरीले कटारी अस्पतालमा शव परीक्षणका लागि राखेको थियो । कटारी–३ राजावासका स्थानीय देव ढुङ्गेलका अनुसार बिहान फोहर विर्सजनस्थलमा काम गर्ने स्थानीय पुग्दा उनको शव देखेका थिए ।

“गाउँको मान्छेले डम्पिङ साइटमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए”, ढुङ्गेलले भने, “फोहरमा रहेको कवाडी टिप्नका लागि यहाँ आउने गरेका रहेछन् ।”

मदिरा सेवन गरी फोहरसँगै सुतेकै अवस्थामा दमाईको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव परीक्षण पश्चात शवलाई परिवारको जिम्मा लागउने तयारी गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ८ : २६ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा