फोहर विर्सजनस्थलमा भेटिएको शवको पहिचान खुल्यो « Khabarhub

फोहर विर्सजनस्थलमा भेटिएको शवको पहिचान खुल्यो


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

कटारी – उदयपुरको कटारी नगरपालिका–३ राजावासस्थित फोहर विर्सजनस्थल (डम्पिङ साइट) मा आज बिहान फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईका अनुसार उक्त शव जिल्लाकै ताप्लि गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर दमाईको हो ।

दमाईको नाति पर्ने ३४ वर्षीय मिनबहादुर परियारले शवको आज साँझ शवको पहिचान गरेका हुन् । “विगत १५ वर्षदेखि घर छोडेर हिनेका रहेछन् । काठमाडौँ हुँदै कटारी आइपुगेका छन्,” उपरीक्षक राईले भने, “कटारी बजार आसपासमा पुराना खाली बोतल टिपेर हिँड्ने गरेका रहेछन् ।”

बेवारिसे शवलाई प्रहरीले कटारी अस्पतालमा शव परीक्षणका लागि राखेको थियो । कटारी–३ राजावासका स्थानीय देव ढुङ्गेलका अनुसार बिहान फोहर विर्सजनस्थलमा काम गर्ने स्थानीय पुग्दा उनको शव देखेका थिए ।

“गाउँको मान्छेले डम्पिङ साइटमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए”, ढुङ्गेलले भने, “फोहरमा रहेको कवाडी टिप्नका लागि यहाँ आउने गरेका रहेछन् ।”

मदिरा सेवन गरी फोहरसँगै सुतेकै अवस्थामा दमाईको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव परीक्षण पश्चात शवलाई परिवारको जिम्मा लागउने तयारी गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ८ : २६ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित