संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो : कमल थापा « Khabarhub

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो : कमल थापा


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसकेको दाबी गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित राप्रपा नेपाल उपत्यकाको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ठूला भन्न रुचाउने दल र नेताहरुले हठ त्यागेर तत्काल मार्ग परिवर्तन गर्नुपर्ने बताए ।

थापाले सहकारी प्रकरणमा कांग्रेस र एमालेका ठूला नेता संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेको समेत आरोप लगाए ।

सहकारी प्रकरणमा रवि लामिछानेको नाम आउँदा जोडतोडसँग हङ्गामा भए तापनि कांग्रेस र एमालेका नेताको संलग्नता देखिने बित्तिकै प्रकरणलाई लुकाउन खोजको बताए ।

उनले छानविन समितिको प्रतिवेदनले एकातिर ‘क्लिन चिट’ पाए रविले भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा उनले प्रतिवेदनमाथि प्रश्न समेत गरे।

थापाले सरकारले र सत्तामा भएका दलहरुले ठूलो तामझामका साथ संविधान दिवस मनाए तापनि जनताको कुनै उत्साह नरहेको दाबी गरे । सरकारले संविधान दिवसमा सैनिक मञ्चमा गरेको कार्यक्रममा होस् या दरबार मार्गको कन्सर्ट दुवैमा जनताको उपस्थिति उत्साहजनक नदेखिएको भन्दै उनले त्यसबाट संविधान दिवसमा जनताको कुनै उत्साह छैन् भन्ने प्रमाणित भएको बताए ।

संविधान संसोधन गर्ने हो भने अहिलेको यथास्थितिलाई टालटुल गरेर समस्या समाधान नहुने भन्दै थापाले अब सबै अटाउने व्यवस्थाले मात्र मुलुकलाई जोगाउने उल्लेख गरे ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ८ : ४८ बजे

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा