अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान | Khabarhub Khabarhub

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल गएराति बेलायत प्रस्थान गरेको छ ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस)को कार्यक्रममा सहभागी हुन लिङ्देनसहितको प्रतिनिधिमण्डल बेलायत गएको हो ।

प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनकी श्रीमती सीता थापा छिन् ।

पानसको आयोजनामा यही असोज ७ र ८ गते लण्डन र स्कटल्याण्डमा हुने कार्यक्रममा उनीहरु सहभागी हुनेछन् । साथै प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार यही असोज १० गते भ्रमण टोली स्वदेश फिर्ता हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ९ : ४५ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’