इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष नेता मारिए | Khabarhub Khabarhub

इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष नेता मारिए


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका एक शीर्ष नेता मारिएका छन् । शुक्रबार भएको यो घटनापछि इलाकामा त्रास फैलिएको छ ।

इजरायलले एक वरिष्ठ हिजबुल्लाह नेताको मृत्युको दाब गरेपछि हिजबुल्लाहले पनि इब्राहिम अकिलको मृत्युको रिपोर्ट गरेको छ ।

लेबनानको दक्षिणी क्षेत्र दहिमामा भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । त्यस क्षेत्रमा इरानलाई समर्थन गर्नेहरूको संख्या धेरै छ ।

हिजबुल्लाह लडाकुहरूले प्रहार गरेको पेजरले गराएको विष्फोटमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको थियो ।

इजरायली आक्रमणका कारण दर्जनौँ मानिसको मृत्यु हुनुका साथै हजारौँ घाइते भएका थिए, जसले हिजबुल्लाहलाई रिसाएको थियो। उनीहरुले सडक पूर्ण रुपमा अवरुद्ध गरेका छन् ।

हिजबुल्लाहका सैन्य प्रमुख फाउदको हत्या भएपछि बेरुतमा शुक्रबार पहिलो हमला हो।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता डेनियल हगारिले अकिलले हिजबुल्लाहलाई सैन्य इकाई रडवानकाेको वरिष्ठ कमाण्डरको रूपमा वर्णन गरे ।

यसबाहेक हागारिले रडवानका अन्य सैन्य अधिकारी पनि मारिएको बताए । उनले अपमानजनक आक्रमण गरेर आम इजरायलीहरूको ज्यान लिने योजना बनाइएको खुलासा गरे। यो योजना सन् २०१८ मा बनाइएको हो ।

इजरायलीहरूलाई सामान्यतया अपहरण र हत्याका साथै षड्यन्त्र गरेको आरोप लगाइएको छ। हाल मारियाको अकिलाइ अमेरिका, बेलायत र अन्य पश्चिमी देशहरूले आतंकवादीहरूको सूची राखेका छन्।

सन् १९९० मा उनी बेरुतस्थित अमेरिकी दूतावासमा हिजबुल्लाहको आक्रमणमा सामेल भए। यसै क्रममा मारिन ब्यारेका हमलामा सयौँको ज्यान गएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १० : ५६ बजे

टुँडिखेलमा उँधौली साकेला (तस्बिरहरू)

काठमाडौं – प्रकृति पुजारी भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला 

घनगढी – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली

एनपीएल : दीपेन्द्रले जिते कार, ललितलाई बाइक 

काठमाडौं– नेपाल प्रिमियर लिगको यस संस्करणको उत्कृष्ट खेलाडी बनेका दीपेन्द्रसिंह

एनपीएल : विजेता जनकपुरलाई एक करोड १० लाख पुरस्कार

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि विजेता टोली

हारपछि दीपेन्द्रले भने– बलिङमा राम्रो गर्न सकेनौँ 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्ससँग हारेपछि सुदूरपश्चिम