उपनिर्वाचनमा सक्रिय हुन नेता–कार्यकर्तालाई निधिको आह्वान « Khabarhub

उपनिर्वाचनमा सक्रिय हुन नेता–कार्यकर्तालाई निधिको आह्वान


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले स्थानीय तहका रिक्त स्थानमा आगामी मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउन नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।

कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको बैठक एवं समसामयिक विषयमा आयोजित छलफल कार्यक्रम सम्बोधन गर्दै उनले निर्वाचनमा सक्रिय ढंगबाट जुट्न नेता–कार्यकर्तालाई आह्वान गरेका हुन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका निधिले सहकारी संस्थाहरूमा भएको अनियमितता छानबिन  गर्न गठित संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई दोषी ठहर्‍याएको भन्दै सरकारले आवश्यक कारबाही अघि बढाउने बताए । 

दोषी ठहर गरिएका लामिछानेलाई ‘क्लिन चिट’ दिएको भनेर रास्वपाका कतिपय नेताहरूका भनाइमाथि प्रश्न उठाउँदै उनले भने, ‘के क्लिन चिटको परिभाषा बदलिएको हो ?’ सहकारीको रकम अनियमितताका सम्बन्धमा चेक काट्नेलाई हतकडी लगाउन नहुने भन्ने रास्वपाका नेताहरूको भनाइको जवाफ दिँदै नेता निधिले भने, ‘त्यसो भए के घाँस काट्नेलाई हतकडी लगाउने त ?’

कार्यक्रममा कांग्रेस काठमाडौंका सभापति कृष्णसबुज बाँनियाले स्थानीय तहमा हुन गइरहेको उपनिर्वाचनको तयारीमा आफूहरू लागि सकेको भन्दै काङ्ग्रेसका पक्षमा माहोल सिर्जना गर्न आग्रह गरे ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १२ : ३९ बजे

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र