अफगानिस्तानको जितमा कीर्तिमानको ओइरो « Khabarhub

अफगानिस्तानको जितमा कीर्तिमानको ओइरो


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानले क्रिकेटमा नयाँ कीर्तिमान राखेको छ । शुक्रबार सारजाहमा भएको खेलमा दक्षिण अफ्रिकालाई १७७ रनले हराउँदै अफगानिस्तानले कीर्तिमान राखेको हो । अफगानिस्तानका लागि रमानहुल्लाह गुरबाजले शतक प्रहार गरे ।

 सोही शतकका कारण अफगानिस्तानले ३११ रनको योगफल खडा गरेको थियो । रसिद खानले ५ विकेट लिए पछि भ्रमणकारी दक्षिण अफ्रिका १३४ रनमा सीमित भएको हो । 

३ खेलको शृङ्खला जिती सकेको अफगानिस्तानले आइतबार तेस्रो खेल खेल्दै छ । अफगानिस्तानको यो १४ औ बिलाटिरियल शृङ्खला जित हो । यस अघि अफगानिस्तानले जिम्बाबेसँग ५, आयरल्याण्डसँग ४, स्कटल्यान्डसँग २ तथा नेदरल्यान्ड र बङ्गलादेशसँग १ शृङ्खलामा जित हात पारेको थियो । 

शीर्ष ५ वरीयतामा रहेको टोली विरुद्धमा अफगानिस्तानको यो पहिलो सफलता हो । दक्षिण अफ्रिका अहिले वरियता क्रममा तेस्रो स्थानमा छ । 

दक्षिण अफ्रिका लगातार २ ए क दिवसीय खेलमा १५० रन भन्दा कमको योगफलमा समेटिएको पनि यो पहिलो पटक हो । शृङ्खलाको पहिलो खेलमा पनि दक्षिण अफ्रिका १०६ रनमा सीमित भएको थियो । 

शुक्रबारको खेलमा दक्षिण अफ्रिकाले ९ विकेट स्पिनरलाई सुम्पेको थियो । यो पनि आफैमा कीर्तिमान हो । यस अघि सन् १९९९ मा नैरोबीमा भएको खेलमा भारतीय स्पिनरले पनि दक्षिण अफ्रिकाको ९ विकेट लिएका थिए । 

गुरबाजले सातौँ एक दिवसीय शतक प्रहार गरे । २३ वर्ष भन्दा कम उमेरमा यो भन्दा बढी सतक प्रहार गर्ने अहिलेसम्म सचिन तेन्दुलकर र क्विन्टन डीकक मात्र हुन् । विराट कोहलीले २३ वर्ष पुरा हुनु भन्दा अघि ७ एक दिवसीय सतक प्रहार गरेका थिए । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १२ : ४४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया