अफगानिस्तानको जितमा कीर्तिमानको ओइरो « Khabarhub

अफगानिस्तानको जितमा कीर्तिमानको ओइरो


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानले क्रिकेटमा नयाँ कीर्तिमान राखेको छ । शुक्रबार सारजाहमा भएको खेलमा दक्षिण अफ्रिकालाई १७७ रनले हराउँदै अफगानिस्तानले कीर्तिमान राखेको हो । अफगानिस्तानका लागि रमानहुल्लाह गुरबाजले शतक प्रहार गरे ।

 सोही शतकका कारण अफगानिस्तानले ३११ रनको योगफल खडा गरेको थियो । रसिद खानले ५ विकेट लिए पछि भ्रमणकारी दक्षिण अफ्रिका १३४ रनमा सीमित भएको हो । 

३ खेलको शृङ्खला जिती सकेको अफगानिस्तानले आइतबार तेस्रो खेल खेल्दै छ । अफगानिस्तानको यो १४ औ बिलाटिरियल शृङ्खला जित हो । यस अघि अफगानिस्तानले जिम्बाबेसँग ५, आयरल्याण्डसँग ४, स्कटल्यान्डसँग २ तथा नेदरल्यान्ड र बङ्गलादेशसँग १ शृङ्खलामा जित हात पारेको थियो । 

शीर्ष ५ वरीयतामा रहेको टोली विरुद्धमा अफगानिस्तानको यो पहिलो सफलता हो । दक्षिण अफ्रिका अहिले वरियता क्रममा तेस्रो स्थानमा छ । 

दक्षिण अफ्रिका लगातार २ ए क दिवसीय खेलमा १५० रन भन्दा कमको योगफलमा समेटिएको पनि यो पहिलो पटक हो । शृङ्खलाको पहिलो खेलमा पनि दक्षिण अफ्रिका १०६ रनमा सीमित भएको थियो । 

शुक्रबारको खेलमा दक्षिण अफ्रिकाले ९ विकेट स्पिनरलाई सुम्पेको थियो । यो पनि आफैमा कीर्तिमान हो । यस अघि सन् १९९९ मा नैरोबीमा भएको खेलमा भारतीय स्पिनरले पनि दक्षिण अफ्रिकाको ९ विकेट लिएका थिए । 

गुरबाजले सातौँ एक दिवसीय शतक प्रहार गरे । २३ वर्ष भन्दा कम उमेरमा यो भन्दा बढी सतक प्रहार गर्ने अहिलेसम्म सचिन तेन्दुलकर र क्विन्टन डीकक मात्र हुन् । विराट कोहलीले २३ वर्ष पुरा हुनु भन्दा अघि ७ एक दिवसीय सतक प्रहार गरेका थिए । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १२ : ४४ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा