श्रीलंकामा राष्ट्रपतिका लागि मतदान सुरु | Khabarhub Khabarhub

श्रीलंकामा राष्ट्रपतिका लागि मतदान सुरु


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सीश्रीलंकाले आर्थिक संकट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलंकामा अन्तर्राष्ट्रिय मुद्रा कोषको मितव्ययिता योजनामा प्रभावकारी जनमत संग्रहमा शनिबार राष्ट्रपतिका लागि मतदान सुरु भएको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौँसम्मको खाद्यान्न, इन्धन र औषधिको अभावको अन्त्य गर्ने श्रेय दावी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गरेका थिए ।

सन् २०२२ मा मन्दीका कारण आक्रान्त बनेका नागरिकले तत्कालीन निर्वाचित राष्ट्रपतिविरुद्ध आन्दोलित भएपछि देश छोडेर भागेका थिए भने विक्रमासिङ्घेले संकटका समयमा देशलाई नेतृत्व गरेर थलिएको अर्थतन्त्रलाई सम्हाल्दै झण्डै संकटग्रस्त हुनु पहिलेको अवस्थामा पुर्‍याएका छन् ।

विक्रमासिङ्घेको कर वृद्धि गर्ने र राज्यले नागरिकका लागि दिएका अन्य सुविधाहरूलाई कसिलो पार्दै दातृ निकाय र यसमा पनि खासगरी आइएमएफको बेलआउटको सर्तहरू प्रा गर्दा नागरिकहरू उनीसँग खुशी छन् वा छैनन् यो निर्वाचनले निर्णय दिनेछ । 

चुनावमा विक्रमसिङ्घेले अनुरा कुमार दिसानायका लगायतका शक्तिशाली सीमान्त मार्क्सवादी पार्टीका नेतासँग कसिलो प्रतिस्पर्धा गर्नु पर्ने आकंलन गरिएको छ ।

विज्ञहरूका अनुसार श्रीलङ्काको अर्थतन्त्र अझै पनि कमजोर छ । यहाँको ४६ अर्ब विदेशी ऋणको भुक्तानीको समय सन् २०२२ पछि सरकारी प्रतिवद्धता अनुसार फेरी आएको छ । 

विक्रमासिङ्घेले निर्वाचित भएमा आफ्नो तपस्याबाट आएको कार्यक्रमलाई अगाडि बढाउने र आईएमएफसँगको सहकार्यमा कुनै विचलनतिर जान नदिने बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १ : ०९ बजे

सहकारी विकास बोर्ड खारेज, १४ कर्मचारीको सामायोजन प्राधिकरणमा

काठमाडौं- सरकारले सहकारीसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रिय सहकारी विकास बोर्ड

सडकलाई समृद्धिसँग जोड्नुपर्नेमा मन्त्री दाहालको जोड

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा

झापामा ओलीबारे प्रचण्डले भने- धेरै जालीझेली गर्ने मान्छेको ठाउँमा आइपुगेँ

झापा- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री

दूधमती नदीको संरक्षण गर्न सीमांकन सुरू

महेन्द्रनगर – धनुषा र महोत्तरी जिल्ला जोड्ने दूधमती नदीको संरक्षण

अमेरिकाले कार्टरको सम्मानमा जनवरी ९ मा राष्ट्रिय शोक मनाउने

वासिङ्टन– अमेरिकाले जनवरी ९ लाई दिवंगत पूर्वराष्ट्रपति जिम्मी कार्टरको सम्मानमा