संसदमा विपक्षीलाई कमजोर पार्न षड्यन्त्र रचिँदैछ : प्रचण्ड « Khabarhub

संसदमा विपक्षीलाई कमजोर पार्न षड्यन्त्र रचिँदैछ : प्रचण्ड


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विपक्षीलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् ।

सहिद प्रतिष्ठान नेपालको पन्ध्रौँ वार्षिक साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सङ्ख्याका हिसाबले अहिले संसदमा विपक्षीहरूलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको बताएका हुन् । 

संसदीय चुनाव लडिसकेपछि सङ्ख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै उनले राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति भएको तर्क गरे ।

पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक कृयाकलापको रुपमा अथ्र्याएको उल्लेख गर्दै उनले यो शब्द फिर्ता नलिँदासम्म प्रतिरोध जारी राख्ने स्पष्ट पारे ।

उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताए । पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरेको उनको भनाइ छ ।

त्यस्तै उनले टीआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको धारणा राखे ।

उनले टीआरसी टुङ्ग्याउन कार्यदल बनाएको र कार्यदलले जुटाएको सहमतिका आधारमा टीआरसी कानुन बनिसकेकाले अब आफूहरूको ध्यान आयोगहरू बनाउनेतर्फ केन्द्रित रहेको बताए ।

आयोग बनाउने र आयोगमा सही नेतृत्व ल्याएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएपछि सहिद तथा बेपत्ताहरूको राष्ट्रिय सम्मान र परिवारलाई परिपूरणको बाटो खुल्ने बताए । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १ : २६ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा