मोहना र खुटिया नदीमा तटबन्ध निर्माण « Khabarhub

मोहना र खुटिया नदीमा तटबन्ध निर्माण


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गोदावरी– मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्न रु ५२ करोड लागतमा निर्माणाधीन तटबन्ध अन्तिम चरणमा पुगेको हो । 

‘जनताको तटबन्ध’ कार्यालय कञ्चनपुरका सिनियर डिभिजनल इञ्जिनियर श्रीप्रसाद शाहका अनुसार ती दुवै नदीमा १२ चरणमा निर्माणाधीन १२ किलोमिटर तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको हो । निर्माण कम्पनीले ती दुवै नदीमा फरकफरक चरणमा तटबन्ध निर्माण गरिरहेकोमा सबै चरणको काम सकिन लागेको उनले जानकारी दिए।

इञ्जिनियर शाहले ठेकेदार कम्पनीसँग गत आर्थिक वर्षभित्रै तटबन्धको काम सम्पन्न गर्नेगरी सम्झौता भएकामा वर्षाका समयमा निर्माण सामग्री ढुवानीमा समस्या भएपछि केही ढिलाइ भएको बताए। 

तटबन्ध कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा सात सय मिटर, सोही नदीको कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–९ मा एक हजार तीन सय ५० मिटर, मोहना नदीमा पिआरटिडब्लु–१२ ‘बी’ प्याकेजअन्तर्गत तथा कञ्चनपुरको जोरायल टोलतर्फ पाँच सय २० मिटर तटबन्ध निर्माण सम्पन्न भएको छ । 

धनगढी–१३ स्थित श्रीलंकामा चार सय ३० मिटर, कृष्णपुर नगरपालिका–१, मोहना नदीमा छ सय मिटर बाँध र सात सय मिटर तटबन्ध निर्माण सम्पन्न भएको कार्यालयका इन्जिनियर शाहले जानकारी दिए। 

गोदावरी नगरपालिकाको अर्जुन टोलमा खुटिया नदीमा एक हजार छ सय मिटर, वडा नं ७ मा तीन सय मिटर र गौरीगङ्गा नगरपालिकाको उत्तर खैरेनीतर्फ आठ सय मिटर तटबन्ध निर्माण सकिन लागेको कार्यालय प्रमुखसमेत रहनुभएका सिनियर डिभिजनल इन्जिनियर शाहले बताए ।    

उनले गोदावरी नगरपालिकाको धनचौरीमा एक हजार मिटर र धनगढी–१५ तरबरियामा चार सय मिटर तटबन्ध निर्माण केही दिना सम्पन्न हुने जानकारी दिए। वर्षायाममा मोहना र खुटिया नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा जनताको तटबन्ध कार्यक्रमले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुगेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ३ : ०० बजे

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा

नियमित महाधिवेशन अनिश्चित बनेपछि विशेष महाधिवेशनका लागि कांग्रेस नेतृत्वलाई दबाब

काठमाडौं- प्रमुख दल नेपाली कांग्रेसमा आगामी पुस २६ गतेदेखि पन्ध्रौँ

आमा भन्छिन्- बेलुका भएपछि छोरो घर आउला जस्तो लाग्छ

काठमाडौं– बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री