अमेरिकी राष्ट्रपति र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता « Khabarhub

अमेरिकी राष्ट्रपति र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेनसी– अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर २० मा डेलावेयरको विल्मिङ्टनमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग भेट गरेका छन् ।
भेटवार्ताका क्रममा दुबै पक्षले साझेदारीका लागि एकअर्कालाई धन्यवाद दिँदै द्विपक्षीय सम्बन्धबारे समीक्षा गरे। 

नेताहरूले अमेरिका–अष्ट्रेलिया गठबन्धन द्विपक्षीय सम्बन्धको मूल रहेको कुरामा जोड दिँदै यसका तीन स्तम्भहरूः रक्षा र सुरक्षा, आर्थिक र जलवायु र स्वच्छ ऊर्जा क्षेत्रमा भएको प्रगतिबारे छलफल गरे । 

दुबै नेताले दुई देशबीचको बलियो आर्थिक सम्बन्धलाई प्रतिबिम्बित गरे र जलवायु परिवर्तन र स्वच्छ ऊर्जा संक्रमणलगायत नयाँ चुनौतीको सामना गर्न गठबन्धनलाई आधुनिकीकरण गर्न विगत दुई बर्षमा भएको प्रगतिबारे छलफल गरे । 

उनीहरूले महत्वपूर्ण खनिज आपूर्ति शृङ्खला निर्माणका लागि सहयोग विस्तार गर्ने र जापानको हिरोसिमामा मे २०२३ मा हस्ताक्षर गरिएको कम्प्याक्ट अनुसार स्वच्छ ऊर्जामा सङ्क्रमणलाई गति दिने प्रतिबद्धता पनि दोहोर्‍याए ।

दुई नेताहरूले ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम गर्न आफ्नो समर्थन, रुसको क्रूर आक्रमण विरुद्ध युक्रेनको रक्षा गर्न निरन्तर सहयोग र गाजाका जनतालाई दिगो युद्धविराम र मानवीय सहायता बढाउनका लागि आफ्नो समर्थनबारे पनि छलफल गरेका छन् ।  

साथै दुई देशका वरिष्ठ नेताहरूले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकका लागि आफ्नो साझा दृष्टिकोणलाई अगाडि बढाउन द्विपक्षीय साझेदारीलाई गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरे । 

यसैबीच, अल्बनिजले बाइडेनसँग तस्बिर सार्वजनिक गर्दै अष्ट्रेलिया र अमेरिका शान्ति, समृद्धि र स्थिरताका लागि एकसाथ उभिएको बताएका छन् । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ३ : २५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई