तस्बिर एजेन्सीबाट

खेलकुद

गिल र पन्तको शतकमा बङ्गलादेशलाई ५१५ रनको लक्ष्य

By खबरहब

September 21, 2024

काठमाडौं- भारतले बङ्गलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ । 

जारी टेस्टको दोस्रो इनिङ्गमा भारतले ४ विकेट गुमाउँदै २८७ रन बनाएर आफ्नो पारी घोषणा गरेपछि बङ्गलादेशले ५१५ रनको लक्ष्य पाएको हो । भारतले पहिलो इनिङ्गमा पाएको २२७ रनको बढ्तका आधारमा बङ्गलादेशलाई विशाल लक्ष्य दिएको हो । 

भारतका लागि दोस्रो इनिङ्गमा शुभमन गिल र ऋषव पन्तले शतक बनाएका थिए ।  गिलले अविजित ११९ रन बनाए भने पन्त १०९ रन बनाएर आउट भएका थिए । 

यस अघि भारतले पहिलो इनिङ्गमा ३७६ रन बनाएको थियो भने बङ्गलादेश १४९ रनमै अल आउट भएको थियो ।