एमाले-माओवादीले देखाएको बाटो हिँडेर देश सफल हुँदैन : कांग्रेस नेता सिटौला « Khabarhub

एमाले-माओवादीले देखाएको बाटो हिँडेर देश सफल हुँदैन : कांग्रेस नेता सिटौला


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देखाएको बाटो हिँडेर देश सफल नहुने बताएका छन् ।

नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले कांग्रेसले यसअघि माओवादी र अहिले एमालेसंग सहकार्य गरेपनि उनीहरूले देखाएको बाटो हिँडेर देश सफल नहुने बताएका हुन् ।

कांग्रेसले देखाएको बाटोमा अन्य दल हिँडेमात्रै देश सफल हुने उनको भनाइ छ । उनले अन्य दललाई बाटो देखाउने गरि कांग्रेसले आफ्नो रणनीति तयार गर्नुपर्ने धारणा राखे । सिटौलाले संविधान संशोधन र देशको विकासका लागि सबै दलहरूलाई सहमतिमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी छानविन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भन्दै दोषीले उन्मुक्ति नपाउने बताए । उनले प्रतिवेदनको कार्यान्वयन अघि नै कसैले क्लीन चिट पाएको दावी नगर्न सुझाव समेत दिए । शर्माले सहकारी प्रकरणमा नाम आउने वित्तिकै कांग्रेस उपसभापति धनराज गुरुङले छानविन गर्न आग्रह गरेको स्मरण गर्दै राज्यले गर्ने छानविनमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

उनले निर्वाचनमा पपुलर भोट ल्याउनेलाई पाँच वर्ष सत्ता चलाउन दिनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै संवैधानिक निकायमा नियुक्त गर्दा राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ४ : ५७ बजे

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत