एमाले-माओवादीले देखाएको बाटो हिँडेर देश सफल हुँदैन : कांग्रेस नेता सिटौला | Khabarhub Khabarhub

एमाले-माओवादीले देखाएको बाटो हिँडेर देश सफल हुँदैन : कांग्रेस नेता सिटौला


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देखाएको बाटो हिँडेर देश सफल नहुने बताएका छन् ।

नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले कांग्रेसले यसअघि माओवादी र अहिले एमालेसंग सहकार्य गरेपनि उनीहरूले देखाएको बाटो हिँडेर देश सफल नहुने बताएका हुन् ।

कांग्रेसले देखाएको बाटोमा अन्य दल हिँडेमात्रै देश सफल हुने उनको भनाइ छ । उनले अन्य दललाई बाटो देखाउने गरि कांग्रेसले आफ्नो रणनीति तयार गर्नुपर्ने धारणा राखे । सिटौलाले संविधान संशोधन र देशको विकासका लागि सबै दलहरूलाई सहमतिमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी छानविन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भन्दै दोषीले उन्मुक्ति नपाउने बताए । उनले प्रतिवेदनको कार्यान्वयन अघि नै कसैले क्लीन चिट पाएको दावी नगर्न सुझाव समेत दिए । शर्माले सहकारी प्रकरणमा नाम आउने वित्तिकै कांग्रेस उपसभापति धनराज गुरुङले छानविन गर्न आग्रह गरेको स्मरण गर्दै राज्यले गर्ने छानविनमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

उनले निर्वाचनमा पपुलर भोट ल्याउनेलाई पाँच वर्ष सत्ता चलाउन दिनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै संवैधानिक निकायमा नियुक्त गर्दा राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ४ : ५७ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको