काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र नेपाल पुलिस क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको पहिलो खेलमा संकटाले सुदूरपश्चिमलाई ६–० गोल अन्तरले पराजित गर्यो । संकटाको दोस्रो जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन् । ममता पुन र पूर्णिमा हमालले एक एक गोल गरिन् ।
जितसँगै संकटाले सात खेलबाट आठ अंक जोडेको छ । सुदूरपश्चिमको भने यो लगातार सातौँ हार हो ।
त्यस्तै शनिबार नै भएको दोश्रो खेलमा पुलिस क्लबले वालिङ नगरपालीकालाई २–० गोल अन्तरले पराजित गर्यो । पुलिसका लागि दुवै गोल सम्झना लावतीले गरेकी थिइन् ।
प्रतिक्रिया