जापानको फुजिसावामा डुङ्गा डुब्दा कम्तीमा १० यात्रु बेपत्ता | Khabarhub Khabarhub

जापानको फुजिसावामा डुङ्गा डुब्दा कम्तीमा १० यात्रु बेपत्ता


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको कानागावा प्रान्तको एक सहरमा करिब १० जना यात्रु बोकेको एउटा डुङ्गा पल्टिँदा कम्तीमा १० जना बेपत्ता भएका छन् । 

फुजिसावा सहरको इनोशिमामा शनिबार करिब १० जना यात्रु बोकेको डुङ्गा पल्टिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय अधिकारीले घटना स्थानीय समय अनुसार दिउँसो करिब ४ः५० बजे भएको हो । उद्धार कार्य जारी रहेकाले यात्रुको हालको अवस्था अस्पष्ट रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, जापानको इशिकावामा भारी  वर्षाका कारण आएको बाढी र पहिरोमा परी शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । 

बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत गरिरहेका अन्य चार जना पनि बेपत्ता भएको भुमि मन्त्रालयका अधिकारी कोजी यामामोटोले बताएका छन् । जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा दश जना बेपत्ता भएको जनाएको छ ।

इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध भएको छ भने करिब छ हजार घरहरू बिजुलीविहीन भएका छन् । 

बाढी पहिरोको खतराको बीच वजिमामासुजुका साथै नोटो सहरका बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान अधिकारीहरूले निर्देशन दिएको बताएका छन् । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ६ : ४५ बजे

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड

लडेर सात वर्षीय बालिकाको मृत्यु

ताप्लेजुङ– जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको

कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड