फाइल फोटो

अन्तर्राष्ट्रिय

जापानको फुजिसावामा डुङ्गा डुब्दा कम्तीमा १० यात्रु बेपत्ता

By खबरहब

September 21, 2024

टोकियो– जापानको कानागावा प्रान्तको एक सहरमा करिब १० जना यात्रु बोकेको एउटा डुङ्गा पल्टिँदा कम्तीमा १० जना बेपत्ता भएका छन् । 

फुजिसावा सहरको इनोशिमामा शनिबार करिब १० जना यात्रु बोकेको डुङ्गा पल्टिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय अधिकारीले घटना स्थानीय समय अनुसार दिउँसो करिब ४ः५० बजे भएको हो । उद्धार कार्य जारी रहेकाले यात्रुको हालको अवस्था अस्पष्ट रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, जापानको इशिकावामा भारी  वर्षाका कारण आएको बाढी र पहिरोमा परी शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । 

बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत गरिरहेका अन्य चार जना पनि बेपत्ता भएको भुमि मन्त्रालयका अधिकारी कोजी यामामोटोले बताएका छन् । जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा दश जना बेपत्ता भएको जनाएको छ ।

इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध भएको छ भने करिब छ हजार घरहरू बिजुलीविहीन भएका छन् । 

बाढी पहिरोको खतराको बीच वजिमामा र सुजुका साथै नोटो सहरका बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान अधिकारीहरूले निर्देशन दिएको बताएका छन् ।