पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै « Khabarhub

पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेषगरी पोटोहार नगरको चक जलाल डिनलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक रहेको अधिकारीहरूले जनाएका छन् । 

सङ्क्रमणको डरलाग्दो वृद्धिपछि स्वास्थ्य अधिकारीले चक जलाल डिनमा एउटा मोबाइल स्वास्थ्य इकाई स्थापना गरी भाइरसको फैलावट नियन्त्रण गर्न आकस्मिक सेवा सुरू गरेका छन् । 

पछिल्लो २४ घण्टामा ४४ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ भने यस क्षेत्रमा मात्र २२६ जनामा डेङ्गु को सङ्क्रमण पुष्टि भएको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

जिल्ला स्वास्थ्य प्राधिकरणले डेङ्गुविरुद्ध अभियान चलाए पनि डेङ्गु सार्ने लामखुट्टेको सङ्क्रमण फैलिन नदिन गरिएका प्रयासहरू अपर्याप्त देखिन्छन् । जिल्लाभर डेङ्गुका सङ्क्रमितको सङ्ख्या ५४३ पुगेको छ भने डेङ्गुसङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ । पोटोहार शहरमा पछिल्लो २० घण्टामा २५ जना नयाँ संक्रमित थपिएका छन् । 

यस क्षेत्रमा अन्य स्वास्थ्य समस्याहरू पनि चिन्ताको विषय बनेका छन्। यो क्षेत्रमा वर्षा ऋतुमा कङ्गो ज्वरोका दुई र औलोका ६५१ घटनाहरू रेकर्ड गरिएको छ भने जिल्लामा अहिलेसम्म मङ्कीपक्सको कुनै रिपोर्ट नआएको एक्सप्रेस ट्रिब्यूनले अधिकारीहरूलाई उद्धृत गरी समाचारमा उल्लेख गरेको छ । 

जिल्ला स्वास्थ्य प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत आसिफ अरबाब नियाजीले सरकारले सङ्क्रमण रोक्न पहल गरिरहेको तर नागरिक सतर्क रहन आवश्यक रहेको बताएका छन् । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ०९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण