बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन « Khabarhub

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

६०औँ राष्ट्रिय बाल दिवस २०८१ को उपलक्ष्यमा आज यहाँ आयोजित बालमेला तथा प्रतिभा प्रस्फुटन र सांस्कृतिक कार्यक्रममा उनले बालबालिकाको रुचि अनुसारका कार्यक्रम वडा समितिमार्फत पेस गर्न आग्रह गरे ।

“बालबालिकाको हक अधिकार कुण्ठित गर्न चाहँदैनौँ, बाल प्रतिभा प्रस्फुटनका कामलाई जोड दिन्छौँ, बजेट तर्जुमा गर्दा प्रत्येक वडाले बालविकासका लागि बजेट छुट्याउनुपर्ने व्यवस्था रहेको छ, यसलाई हामीले व्यवस्थित ढङ्गले लागू गरिसकेका छौँ”, उनले भने ।

राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले ललितपुर महानगरका २९ वडाले बजेट विनियोजन गरेर बालअधिकारको विषयमा प्रयोगात्मक र व्यावहारिक काम गरेको बताए । उनले बालबालिकाका क्षेत्रमा काम गर्नेमा ललितपुर महानगर अग्रपङ्क्तिमा रहेको बताउँदै बालबालिकाको हितमा काम गर्न आगामी दिनमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महानगरका प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जनले बालबालिकाले मोबाइल र टेलिभिजनमार्फत रचनात्मक कुराहरु सिकेर प्रतिभा प्रस्फुटन हुने अवस्था रहेकाले त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ९ : ४९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर