बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन « Khabarhub

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

६०औँ राष्ट्रिय बाल दिवस २०८१ को उपलक्ष्यमा आज यहाँ आयोजित बालमेला तथा प्रतिभा प्रस्फुटन र सांस्कृतिक कार्यक्रममा उनले बालबालिकाको रुचि अनुसारका कार्यक्रम वडा समितिमार्फत पेस गर्न आग्रह गरे ।

“बालबालिकाको हक अधिकार कुण्ठित गर्न चाहँदैनौँ, बाल प्रतिभा प्रस्फुटनका कामलाई जोड दिन्छौँ, बजेट तर्जुमा गर्दा प्रत्येक वडाले बालविकासका लागि बजेट छुट्याउनुपर्ने व्यवस्था रहेको छ, यसलाई हामीले व्यवस्थित ढङ्गले लागू गरिसकेका छौँ”, उनले भने ।

राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले ललितपुर महानगरका २९ वडाले बजेट विनियोजन गरेर बालअधिकारको विषयमा प्रयोगात्मक र व्यावहारिक काम गरेको बताए । उनले बालबालिकाका क्षेत्रमा काम गर्नेमा ललितपुर महानगर अग्रपङ्क्तिमा रहेको बताउँदै बालबालिकाको हितमा काम गर्न आगामी दिनमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महानगरका प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जनले बालबालिकाले मोबाइल र टेलिभिजनमार्फत रचनात्मक कुराहरु सिकेर प्रतिभा प्रस्फुटन हुने अवस्था रहेकाले त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ९ : ४९ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको