एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प « Khabarhub

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका छन् । ठमेलस्थित एलओडी क्लबमा आगामी १६ गते (बुधबार) अक्टोबर २ तारिक हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुती दिने भएका छन् । उनको सबैभन्दा बढी चर्चित गीत गुजी ग्याङ रहेको छ ।

एलओडी क्लबका सञ्‍चालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भइसकेको बताए । उनका अनुसार सोही दिन हुने कार्यक्रममा कल्बले शुःल्क लिने व्यवस्था गरेको छ । भिआइपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरिएको छ ।

भिआइपीमा प्रवेश गर्न दर्शकहरूले ३५ सय र सामान्य स्थानमा रहेर हेर्न २५ सय रुपैयाँ तिर्नुपर्ने सिंहले जानकारी दिए । दर्शकहरूले सोहि दिनको टिकट खल्ती एप्स बाट खरिद गर्न सक्ने सिंहले बताए ।

यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कड अर्मान मल्लिक इण्डियन आइडल पवनदीप लक्कि अली बाबा सेहगल लगायतका धेरै गायकहरूले प्रस्तुती दिई सकेका छन् ।

त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, वाल्सी फायर ज्योतिका टांग्री लगायतका कलाकारले समेत सो गरिसकेका छन् ।

एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनस् ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परि छनौटमा परेको हो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५० औं स्थानमा राखेको हो ।

यसमा पाँच सय क्लब सहभागी भएका थिए । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १० : ४७ बजे

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१