कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल « Khabarhub

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग भएको बताएका छन् ।

प्रेस चौतारी दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले गोर्खा मिडियाका साझेदार भएकोले त्यसले गरेको सहकारी ठगीको घटनाबाट लामिछाने उम्किन नमिल्ने बताए ।

गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्वीकार गर्नु नै भ्रष्टाचार भएको उनको दाबी छ । लगानीबिना शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना नै नगरेको उनले दाबी गरे ।

‘बिना लगानीको साझेदार बन्नुभएको, त्यही काम अन्य राजनीतिज्ञले गरे भने के हुन्छ ? आफूले लगानी नगर्ने तर १५ प्रतिशत शेयर प्राप्त गर्ने कुरा आफैँमा अनैतिक र भ्रष्टाचार हो’पोखरेलले प्रश्न गरे ।
बिना लगानी साझेदारी प्राप्त गर्ने कुरा अनैतिक कुरा भएको उनले बताए ।

‘म असाधारण क्षमताको मान्छे मलाई सित्तैँमा दिए, मैले लिइदिएँ भन्ने कुरा कानुनले मान्दैन’, पोखरेलले भने ।

सहकारीको सदस्य नभएको गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा हालेर लामिछानेले अनुचित काम गरेको उनले दाबी गरे । ‘सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानुनी हो, रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका छन्’, उनले भने ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ११ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको