आज २०८१ साल कात्तिक ५ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक ५ गते सोमबारको राशिफल


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक ५ गते सोमबार तदनुसार सन् २०२४ अक्टोबर २१ तारिख। कात्तिक कृष्ण पक्षको चतुर्थी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन रमाइलो छ। अचानक धन प्राप्त हुनेछ। शेयर कारोबारमा फाइदा हुने योग छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

वृष : तपाईंको कला र गलाको प्रशंसा हुने दिन छ। नाम र इज्जत जोगाउन धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा सोचेको नतिजा प्राप्त नहुने जोखिम छ। स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारमा भने मेलमिलाप हुनेछ।

मिथुन : लगानीमध्ये निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। औषधी नियमित नहुँदा रोगले सताउने देखिन्छ। धार्मिक क्षेत्रको भ्रमण असहज हुने जोखिम रहेकाले रद्ध गर्नु राम्रो हुन्छ।

कर्कट : लगानीको क्षेत्रमा घाटा हुनेछ। राजनीतिक संगठनमा रहेका साथी विपक्षी कित्तामा पुगेका छन्। साथीको विश्वास नगर्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

सिंह : बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। चिकित्सकको निगरानी भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा धोका हुने भएकाले सचेत बन्नुपर्ने दिन छ। काम गर्नु अगाडि आफूभन्दा ठुला मान्छेको सल्लाह लिनु राम्रो हुनेछ।

कन्या : दिन रमाइलो छ। लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। स्वदेशमा गरेको लगानी भन्दा विदेशको लगानीमा मन जानेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। विज्ञको सल्लाह लिएर अगाडि बढेमा सम्पत्ति आर्जन हुनेछ।

तुला : आफ्नो भन्दा समाजको सेवा गर्ने स्वभावले निरन्तरता पाउने योग छ। बोली र व्यवहार फरक भएकाले आफन्त टाढा पुग्ने जोखिम रहेको छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सहज छ। साथीसँग बोल्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। राम्रो बोल्छु भन्दा नराम्रो शब्द सार्वजनिक हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बौद्धिक क्षेत्रमा तपाईंको नाम र दाम बढ्नेछ।

धनु : नियमित काममा अवरोध हुनेछ। लगानीका क्षेत्रमा आफू अगाडि बढ्नु भन्दा परिवारको साथ लिनु फाइदाजनक हुनेछ। राजनीतिक संगठनमा खटपटी बढ्नेछ। परिवारमा महत्त्वकांक्षा राखेमा घाटा हुनेछ।

मकर : सञ्चित धन खर्च गर्ने बानीले तपाईंलाई निरास बनाउने छ। शिक्षाको क्षेत्रमा तपाईंको प्रगति हुनेछ। तपाईंले परीक्षा लेख्नु भएको भए राम्रो नतिजा प्राप्त हुनेछ। पुरानो रोगबाट मुक्त हुने योग छ। परिवारको साथ मिल्नेछ।

कुम्भ : साना कुराले मन अशान्त बन्नेछ। बिहान उठेर शिवको भजन सुन्दै दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। पेट सम्बन्धी समस्याले सताउने भएकाले खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ।

मीन : बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। तपाईं राम्रो बोले पनि साथीले गलत अर्थ लगाउनसक्ने जोखिम रहेको छ। आफ्नो भन्दा पनि बन्धु र दिदीबहिनीको उन्नति देखिनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ५ : ०८ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन