सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक ५ गते सोमबार सन् २०२४ अक्टोबर २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैँया १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ८४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैँया १ पैसा र बिक्रीदर ९० रुपैँया ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया २५ पैसा र बिक्रीदर ९७ रुपैँया ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैँया ४२ पैसा र बिक्रीदर एक सय २ रुपैँया ८८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर खाठ रुपैँया ९८ पैसा र बिक्रीदर नौ रुपैँया २ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ९० पैसा र बिक्रीदर १८ रुपैँया ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ७४ पैसा र बिक्रीदर ३५ रुपैँया ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैँया ८१ पैसा र बिक्रीदर ३६ रुपैँया ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैँया ५ पैसा र बिक्रीदर चार रुपैँया ५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैँया ५४ पैसा र बिक्रीदर ३६ रुपैँया ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैँया १८ पैसा र बिक्रीदर ३१ रुपैँया ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैँया ८० पैसा र बिक्रीदर ९ रुपैँया ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैँया ७६ पैसा र बिक्रीदर १२ रुपँैया ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ५५ पैसा र बिक्रीदर १९ रुपैँया ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया २७ पैसा र बिक्रीदर १७ रुपैँया ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैँया ९२ पैसा र बिक्रीदर चार सय ३९ रुपैँया ८८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ९८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैँया ७९ पैसा तथा भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : ०४ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६