इजरायलको आक्रमणमा मारिनेको संख्या १८ सय नाघ्यो « Khabarhub

इजरायलको आक्रमणमा मारिनेको संख्या १८ सय नाघ्यो


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेरुत – लेबनानको स्वास्थ्य मन्त्रालय अनुसार इजरायलको आक्रमणबाट मारिनेको सङ्ख्या १८ सय नाघेको छ। धेरैको मृत्यु दक्षिणी लेबनान र नबाटियामा भएको छ। १६ सेप्टेम्बरदेखि हिजबुल्लाहको विरुद्धमा आक्रमणलाई तीव्र बनाएको इजरायलका कारण कम्तीमा १८ सय दुई जनाको ज्यान गएको र नौ हजार ३३० घाइते भएको जनाइएको छ।

हिजबुल्लाहले समेत इजरायलमाथि आक्रमण जारी राखेको छ। आइतबार मात्र दुई सय प्राजेक्टाइलले पार गरेको इजरायल डिफेन्स फोर्स (आइडिएफ)ले जनाएको छ।

आइतबार इजरायलले हिजबुल्लाहको वित्तीय प्रतिष्ठानहरूमा पनि आक्रमण गरेको छ। हिजबुल्लाहको प्रभावशाली वित्तीय संस्था अल काद अल हसनका धेरै शाखालाई इजरायलले आफ्नो निसाना बनाएको हो।

सन् १९८३मा स्थापित सो संस्था गैर नाफा मूलक हो। वित्तीय प्रतिष्ठानमा आक्रमण गर्नु अगाडि नै इजरायलले सूचना जारी गर्दै सबैलाई त्यो क्षेत्र छाड्न भनेको थियो।

यसले इस्लामिक सिया समुदायका विचार फैलाउन लाग्नेलाई बिना ब्याज ऋण प्रदान गर्ने गरेको छ।

युद्ध चर्कदै गएपछि इजिप्टका गुप्तचर विभागका नव नियुक्त प्रमुख हसन मोहम्मद रसाउन र इजरायली अधिकारीबिच काइरोमा भेट भएको छ। भेटमा बन्दी रिहाइको विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आइतबार हमाससँगको युद्धकै कारण इजरायली कर्णेलको ज्यान गएको छ। युद्ध सुरु भएयता इजरायलका सबै भन्दा माथिल्लो ओहदाका व्यक्तिको ज्यान गएको आइतबार नै हो।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : २१ बजे

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

घोराही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य

टेलिकमको टावरमा समस्या, मुगु र हुम्लाका बस्तीमा सञ्चार सेवा प्रभावित

मुगु– मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार