साफ च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्ने « Khabarhub

साफ च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्ने


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ मा रहेका नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

यसअघि आफ्नो पहिलो खेल खेलिसकेका दुवै टोली आज दोस्रो खेल खेल्दैछन् । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो भने माल्दिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको थियो ।

सेमिफाइनल पुग्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ।

नेपालले आफ्नो तेस्रो खेल आगामी बिहीबार श्रीलंकासँग खेल्नेछ ।

समूह ‘बी’ अन्तर्गत नै आज दिउँसो साढे १ बजे भुटान र श्रीलंका पनि खेल्दैछन् । भुटानको १ अंक छ भने श्रीलंका ३ अंकसहित समूहको शीर्षस्थानमा छ ।

समूह ‘ए’ मा रहेको भारतले पाकिस्तिानलाई ५–२ गोलले हराएको छ । भारतले तीन अंक जोडेको छ भने बंगलादेश र पाकिस्तानको एक–एक अंक छ ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल कात्तिक १४ गते हुनेछ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली सात राष्ट्र सहभागी छन् । जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश तथा समूह बीमा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : ५३ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई