बाँकेको खयरभट्टीमा अझै भएन विद्युतीकरण, स्थानीयलाई सास्ती « Khabarhub

बाँकेको खयरभट्टीमा अझै भएन विद्युतीकरण, स्थानीयलाई सास्ती


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । जिल्लाको राप्तीसोनारी–४ र १ को सो गाउँमा विद्युत् जडानका लागि स्थानीयले बारम्बार आग्रह गरे पनि विद्युतीकरण नहुँदा स्थानीय विभिन्न काम गर्न सास्ती झेल्न बाध्य भएका बताएका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरपरिवारले विद्युत्को सुविधा नपाउँदा खानेपानी र सिँचाइको अभाव झेलिरहेको स्थानीय प्रकाश नेपालीले जानकारी दिए । 

उनले पछिल्लोपटक केही घरमा धारा जडान भए पनि खानेपानीको समस्या समाधान नभएको उल्लेख गर्दै विद्युतीकरण भएपछि खोलामा बग्ने पानीको सदुपयोग गरेर खानेपानीको समस्या सधैँका लागि अन्त्य हुने विश्वास व्यक्त गरे ।  

उनले  काम गर्न लागेको एक वर्षमा पनि खम्बा गाड्ने र तार तान्ने काम पूरा नभएको जानकारी दिँदै नेपाल विद्युत् प्राधिकरणलाई पनि ताकेता गर्न आग्रह गरे। उक्त क्षेत्रमा विद्युतीकरणका लागि पाँच सय ६० स्टिल ट्युबलर खम्बा गाडिएको छभने केही अझै बाँकी छ ।

त्यहाँका स्थानीयको मुख्य आयस्रोत बाख्रापालन, कुखुरापालन र बनकसको डोरी बनाएर बेच्ने रहेको बताइएको छ । सो डोरी बेच्न स्थानीय भारतको बजारमा जाने गर्छन् । 

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा विद्युतीकरणका लागि पोल गाड्ने काम सम्पन्न भएको र केही बाँकी रहेको जानकारी दिँदै तार तान्ने काम हुन नसकेको बताए। 

उनले भने, ‘अहिले तत्कालका लागि काम स्थगन भएको छ, तिहारपछि काम सम्पन्न हुन्छ ।’

सो क्षेत्रमा १३ किलोमिटरमा विद्युत् लाइन जोड्नुपर्ने अवस्था रहेको बताइएको छ । तीन करोड ५० लाख हाराहारीमा सो क्षेत्रमा विद्युतीकरणका लागि ठेक्का दिइएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १२ : १४ बजे

गाडीमा सिट नपाउँदा बाँचे अवधेश, गुमाए छ आफन्त

हेटौँडा – अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने

तनहुँमा जिप सडकबाट ५० मिटर तल खस्दा ६ जना घाइते

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बिहीबार अपराह्न बलेरो जिप

हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री चौधरीको आग्रह

अन्ताल्या (टर्क) – कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक

परराष्ट्रमन्त्री खनाल र राष्ट्र संघका महासचिव गुटेरेस बीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग

भीमफेदी दुर्घटनाप्रति यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मकवानपुरको भीमफेदीमा विद्युतीय