बाझो खेतमा ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती | Khabarhub Khabarhub

बाझो खेतमा ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

मन्थली– फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् । 

पाँच रोपनीमध्ये तीन रोपनीमा उनले ड्रागन फ्रुट मात्रै लगाएको छ भने बाँकी दुई रोपनीमा ड्रागन फ्रुटसँगै सयपत्रीको पनि खेती गरिरहेका छन् । तिहार सुरु हुने समयमा झपक्कै फूलेका सयपत्रीले त्यहाँको दृश्य मनमोहक बनाइदिएको छ । 

लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गरेका थिए । सुरुमा तीन सय बोट ड्रागन फ्रुट रोप्नु भएका उनले त्यससँगै सयपत्री फूल पनि रोपेका थिए । एउटै जग्गाबाट अहिले उहाँले दोहोरो लाभ लिएका छन् । उनले सयपत्री बाहेक विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेको सुनाए। 

उनले भने, ‘लामो समयदेखि काठमाडौँमा फूलको नर्सरी सञ्चालन गरेको थिए, त्यही अनुभवका आधारमा यहाँ पनि फूल र विभिन्न विरुवाको नर्सरी सुरु गरेको हुँ ।’ आफ्नै गाउँमा केही गरौँ र स्थानीय किसानलाई सहयोग गर्नुपर्छ भन्ने सोचले आफूले यहाँ खेती सुरु गरेको उनको भनाइ छ । 

शाहीलाई नगरपालिकाबाट पनि सहयोग प्राप्त भइसकेको छ । फूल खेतीका लागि नगरपालिकाले एक लाख अनुदान उपलब्ध गराएको नगर कार्यपालिकाका सदस्य एवं वडा नं ५ का अध्यक्ष रबिन कार्कीले जानकारी दिए। 

साथै प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजनाद्वारा मन्थलीमा सञ्चालित जुनार जोन कार्यक्रममार्फत कागतीका बिरुवा उत्पादनका लागि पाँच लाख अनुदान लिएको परियोजनाका कार्यालय प्रमुख थिरलाल गैरेले बताए। 

आफ्नो कम्पनी भदौरे कालिका कृषि तथा पशु पंक्षी फार्मले परियोजनामार्फत अनुदान प्राप्त गरेको र यसले काम गर्न हौसला मिलेको शाहीको भनाइ छ । उनले भने, ‘मेहनत गर्ने हो भने स्वदेशमै केही गर्न सकिन्छ, सरकारले पनि सहयोग गर्छ, यसबाट कृषि क्षेत्रमै धेरै काम गर्न सकिन्छ भन्ने विश्वास जागेको छ ।’

उनले उत्पादन गरेको सयपत्री फूल सदरमुकाम मन्थलीदेखि दोलाखा, सिन्धुलीदेखि काठमाडौँसम्म जाने गरेको छ । उनले ड्रागन फ्रुट प्रतिकिलो तीन सय ५० र सयपत्री फूल प्रतिकेजी दुई सय ५० मा बिक्री सुरु गरेका छन् । यस वर्षको तिहारमा उनले सयपत्री बिक्रीबाट तीनदेखि पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १२ : ३८ बजे

‘जलविद्युतको लाइसेन्स लिएर होल्ड गर्ने कामलाई नियन्त्रण गर्नुपर्छ’ 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० माथि

जिप दुर्घटनामा एक जनाको मृत्यु, १० घाइते 

टक्सार – जिल्लाको बोखिममा जिप दुर्घटना हुँदा घाइते भएका एक

एमाले ‘बामाले’मा परिणत भइसक्यो : भीम रावल (अन्तर्वार्ता)

चार दशकभन्दा लामो योगदान दिएका पूर्वउपाध्यक्ष डा. भीम रावल बुधबारदेखि

गैँडाको खागसहित एक जना पक्राउ

मनहरी – चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित

४१ देशका लागि संसदीय मैत्री समूह गठन

काठमाडौं– संघीय संसदले विभिन्न ४१ संसदीय मैत्री समूह गठन गरेको