कुलेखानी फाखेल-सिस्नेरी सडक पुनः सञ्चालन « Khabarhub

कुलेखानी फाखेल-सिस्नेरी सडक पुनः सञ्चालन


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– कुलेखानी फाखेल–सिस्नेरी सडक आजदेखि पुनः सञ्चालनमा आएको छ । हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने भीमफेदी कुलेखानी सडकअन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा मर्मतसम्भार र ह्युम पाइम बिछ्याउने कार्य सम्पन्न भएपछि सडक पुनः सञ्चालनमा आएको हो । 

कुलेखानी सडकअन्तर्गत सिमखोलाको सडक तीन दिनअघि मर्मतसम्भार गर्न र ह्युम पाइप बिछ्याउन यातायात सञ्चालनमा रोक लगाइएको थियो । हेटौँडाबाट काठमाडौँतर्फ हलुका सवारीसाधनलाई त्रिभुवन राजपथको दामन, पालुङ, चित्लाङ हुँदै थानकोट जान एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।

काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीसाधनलाई एकतर्फी कान्तिलोकपथ र दक्षिणकाली सिस्नेरी सडक भएर सञ्चालनमा ल्याइएको छ । अब नियमित रुपमा हलुका सवारिसाधन  भीमफेदी, कुलेखानी सडकअन्तर्गत पर्ने फाखेल, सिस्नेरी र चखेल, मातातीर्थ एवं कान्तिलोकपथबाट सञ्चालन गरिने प्रवक्ता अर्यालले  जानकारी दिए।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  २ : ३७ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर