नवीन न्यौपाने राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त « Khabarhub

नवीन न्यौपाने राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवीन न्यौपाने नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले न्यौपानेलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।

न्यौपानेलाई एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । त्यस्तै चेतन घिमिरे असिस्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् भने नवीन महर्जन गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् ।

प्रशिक्षण टिमका तिनै जनालाई अन्तरिम रुपमा जिम्मेवारी दिइएको र उनीहरूले नेपाली राष्ट्रिय टिमको नोभेम्बरमा हुने ताजकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टिमको प्रशिक्षणको भूमिका निभाउने छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : २१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर