शेयर बजार ५७ अंकले घट्दा कारोबारमा पनि गिरावट  « Khabarhub

शेयर बजार ५७ अंकले घट्दा कारोबारमा पनि गिरावट 


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं सकिएयता लगातार ३ दिन बढेको बजार आइतबारबाट भने घट्न थालेको छ । हिजो (आइतबार) ४७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि ५७.९९ अंकले घटेको हो । 

आज नेप्से २.१४ प्रतिशतले घटेर २६३९.९२ विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । आज ५ अर्ब ९० करोड ८ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । बजार खुल्ला रहँदासम्म १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच भएको थियो । 

साेमबार २३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा समूहमध्ये सबै समूह राताम्ये भएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.३८ प्रतिशतले घटेर ३ हजार १८७.५६ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.७२ प्रतिशतले घटेर २१.१३ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह २.३० प्रतिशतले, विकास बैंक समूह १.७८ , होटल एण्ड टुरिजम समूह १.६६ , लगानी २.५१ , जीवन बीमा २.१५ , उत्पादन तथा प्रशोधन १.६५ , लघुवित्त १.८९ , निर्जीवन बीमा १.७६ , अन्य समूह २.३४ र ट्रेडिङ समूह ०.२८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : ३५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५