क्रिएसनद्धारा मिसेस् नेपाल वर्ल्डका प्रतियोगीलाई प्रशिक्षण | Khabarhub Khabarhub

क्रिएसनद्धारा मिसेस् नेपाल वर्ल्डका प्रतियोगीलाई प्रशिक्षण


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिएसन नेपालले मिसेस् नेपाल वर्ल्ड २०२४ का प्रतियोगीहरूलाई प्लास्टिक फोहोरमैला व्यवस्थापन तथा चक्रीय अर्थतन्त्रको बारेमा विशेष प्रशिक्षण दिएकाे छ ।

सोमबार आयोजित एक विशेष प्रशिक्षण सत्रमा विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल वर्ल्ड २०२४मा सहभागी भएका प्रतियोगीहरूलाई प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको विषयमा विशेष प्रशिक्षण दिइएको हो ।

क्रिएसन नेपालका सचिव सुजाता कोइरालाले प्रतियोगीहरूलाई क्रिएसनले सञ्चालन गरेको गतिविधिका साथै, नेपालमा देखिएको प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लगायतका व्यवहारिक तथा नीतिगत समस्याहरूको बारेमा अन्तरक्रियात्मक प्रशिक्षण दिएकी थिइन् ।

प्लास्टिकजन्य फोहोर स्वास्थ्यको लागि कति हानिकारक हुन्छ, कति प्रकारका प्लास्टिकहरू हाम्रा वरिपरि छरिएर रहेका छन्, कस्ता प्लास्टिक प्रयोग गर्दा स्वास्थ्यलाई बढी हानि नोक्सानी गर्छ, प्लास्टिक पुनःचक्रण के हो ? कसरी यसलाई चक्रीय अर्थतन्त्रमा जोड्न सकिन्छ लगायतका विषयमा प्रशिक्षण सत्रले प्रतियोगीहरूलाई बुझ्न मद्दत पुग्ने सचिव कोइरालाले विश्वास व्यक्त गरिन । उनले सहभागीहरूलाई यस्ता गम्भीर विषयहरूको बारेमा जनचेतना फैलाउन समेत आग्रह गरिन ।

त्यस्तै क्रिएसनका परियोजना सहायक प्रियस्मा श्रेष्ठले विभिन्न किसिमको प्लास्टिकको बारेमा प्रदर्शन गर्दै प्लास्टिक पुनःचक्रण गरेर कस्ता कस्ता वस्तुहरू बनाउन सकिन्छ बारेमा जानकारी गराएकी थिइन ।

विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तनका असर तथा दिगो विकासका लक्ष्यहरू बारेमा ज्ञान प्राप्त गर्ने उद्देश्यका साथ क्रिएसनको कार्यालय भ्रमण तथा अवलोकन गर्न आएका प्रतियोगीहरूले प्रशिक्षणका दौरान प्राप्त गरेका ज्ञान भविष्यमा आ-आफ्नो ठाउँबाट वातावरण तथा पर्यावरण संरक्षणमा योगदान दिने बताए । उनीहरूले व्यवहारिक रूपबाट नै पर्यावरण संरक्षणका साथै दिगो विकासमा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिएका थिए ।

प्रशिक्षणमा सहभागी भएका प्रतियोगीहरूले प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको बारेमा आ-आफ्नो स्थानबाट जनचेतना फैलाउन र क्रिएसनद्धारा सञ्चालन गरिने अभियानमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरे ।

यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स र २-२ पटक क्यान्सर जितेको महिलाहरू अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । यस वर्ष पनि मिसेस् नेपाल वर्ल्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा मिसेस् वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् ।

रिवन इन्टरनेनमेन्टको आयोजनामा हुने मिसेस् नेपाल वर्ल्ड २०२४ का प्रतियोगिताहरूलाई विभिन्न क्षमता अभिवृद्धि प्रशिक्षणहरू प्रदान  गरिएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अगामी कार्तिक १० गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : ४० बजे

सुर्खेतको चौकुनेमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत- सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ,

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा

काठमाडौँ – नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको

‘राम नाम सत्य’मा सुनील थापा अनुबन्ध, निर्देशक भन्छन्- फरक अवतारमा उतार्छु

काठमाडौं – माइकल चन्दको निर्देशनमा बन्ने भनिएको फिल्म ‘राम नाम

संसद् कसैले अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपसभापति गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै

सम्पत्ति शुद्धीकरणविरुद्ध नीति तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरुद्ध