भारतीय प्रधानमन्त्री मोदी फेरि रुस जाँदै  « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी फेरि रुस जाँदै 


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार फेरि रुस जाने भएका छन् । दोस्रोपल्ट प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी रुस जान लागेको पनि दोस्रो पटक हो । 

यसअघि मोदी गत जुलाई ८ मा पहिलोपल्ट रुस गएका थिए । उनी १६ औँ ब्रिक्स समिटका लागि मंगरबार रूस जान लागेका हुन् । 

भारतीय प्रधानमन्त्री मोदी अक्टोबर २२–२३ मा रूसको कजानमा आयोजित ब्रिक्स समिटमा सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समिटमा चीनका राष्ट्रपति शी जिनपिङ पनि जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति जिनपिङबीच द्विपक्षीय भेटघाट हुने सक्ने बताएको छ । 

तर, भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा दुवै मुलुकका राष्ट्राध्यक्षबीच द्विपक्षीय भेटघाटको पुष्टि नगरेको बीबीसीको हिन्दी अनलाइन संस्करणले उल्लेख गरेको छ । 

तथापि, मिस्रीले द्विपक्षीय मुद्दाहरूमा भने कुराकानी हुने भने जानकारी दिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ५ : ०५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका