मुकुलले लेखे- रास्वपाको आन्दोलन हैन, त्यो भिड लामिछाने क्लबका सदस्यहरूको हो | Khabarhub Khabarhub

मुकुलले लेखे- रास्वपाको आन्दोलन हैन, त्यो भिड लामिछाने क्लबका सदस्यहरूको हो


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठामाडौं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले आफू एक्लै भए पनि पार्टी सिद्धान्तको अस्तित्व  बचाएर बसेको दाबी गरेका छन् । 

उनले सोमबार फेसबुकमा स्टाटस लेख्दै कास्कीमा भएको आन्दोलन रास्वपाको नभएर रवि लामिछाने क्लबको भएकाले मिडियाले पनि त्यहीअनुसार बुझ्न आग्रह गरेका छन् । 

उनले लेखेका छन्, ‘कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो ।’ 

ढकालले कानून भन्दा माथि कोही नभएको बताउँदै राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर आफू अडिग भएको बताए । 

यस्तो छ ढकालको पुरा स्टाटस : ‘म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक । पार्टीको खास नाम अनुसार । आज रास्वपाको कोही छ त, म छु  । एक्लै होला, तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु । विधिको शासन, कानुन भन्दा माथि कोही छैन र राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु । कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो । रास्वपा विधानमै लेखिएको छ, रास्वपाको दर्शन र प्रतिबद्धताको पहिलो बुँदामा ‘विधिको शासन’ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ५ : ५८ बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र