काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बेलायतबाट ११ नम्बर वडाका अध्यक्ष लोकेन्द्र फागो नै धरानको कार्यवाहक मेयर भएको बताएका छन् ।
उनले फेसबुकमा स्टाटस र भिडिओ बनाएर कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले रडाको नमच्चाउन भनेका हुन्।
उनले आफू धरानको विकासमा लागि रातदिन कुदिरहेको बताए ।
मामा ससुरा फागोलाई कार्यवाहक दिएका उनले अरुलाई धरानको बदनाम नगर्न आग्रह गरे ।
उपमेयरलाई नजरअन्दाज गर्दै वडाध्यक्षलाई अधिकार प्रत्यायोजन गरी कार्यवाहक मेयर ताकेर दिएको पत्र विराटनगरस्थित उच्च अदालतको उत्प्रेषणयुक्त परमादेशले अस्वीकार गरेको छ । त्यसपछि मेयर साम्पाङले यस्तो भिडियो बनाएका हुन् ।
प्रतिक्रिया