भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई | Khabarhub Khabarhub

भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको छानबिनका लागि बलियो संस्था आवश्यक रहेको बताएका छन् । 

नेसपाको आजदेखि पोखरामा सुरु भएको प्रथम विधान अधिवेशनको उद्‌घाटन गर्दै उनले भ्रष्टाचारको निष्पक्ष छानबिन नभएकाले शक्तिशाली र साधनस्रोत सम्पन्न संस्थाको खाँचो रहेको बताए। 

उनले भने, ‘फरक पार्टीकालाई भ्रष्टाचारको मुद्दा लगाउने र आफ्नालाई संरक्षण गर्ने गरिएको छ । यसरी देशमा सुशासन कायम हुन सक्दैन । भ्रष्टाचार नियन्त्रण गर्न बलियो संस्था आवश्यक छ ।’

संयोजक भट्टराईले राष्ट्रिय एकता बलियो बनाउनका लागि देशभित्र रोजगारी सिर्जना गरेर युवाहरूलाई देशभित्र नै राख्नुपर्नेमा जोड दिए।  

नेसपाको वैचारिक राजनीतिक विश्लेषण सही रहेको बताउँदै केही समय लागे पनि आफूहरूको विचार स्थापित भएरै छाड्ने उनले स्पष्ट पारे। 

नेता भट्टराईले बाहिरी शक्तिहरूले नेपालमा अस्थिरता फैलाउने प्रयास गरेको जिकिर गरे। उनले सङ्घीयता र समावेशी लोकतन्त्रलाई बलियो बनाएर हिमाल, पहाड र तराईकाबीच बलियो एकता निर्माण गर्नु आवश्यक छ भने ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : ५४ बजे

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको

रास्वपाले रविको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा