माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, रेखा एक्लैले गरिन्‌ ५ गोल | Khabarhub Khabarhub

माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, रेखा एक्लैले गरिन्‌ ५ गोल


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध शानदार जित हासिल गरेको छ ।

सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको हो । नेपालको सामु माल्दिभ्सको टिम निरिह जस्तो देखिएको थियो ।

नेपालको जितमा रेखा पौडेलले ५ गोल गरेकी थिइन् भने प्रिती राईले ३ गोल गरेकी थिइन् । त्यस्तै अनिता केसी, सबिता राना मगर र अमिशा कार्कीले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह बी मा रहेको नेपालको ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । समुह बी मा भुटानको पनि ४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै श्रीलंकाको ३ अंक रहेको छ भने माल्दिभ्सको एक अंक रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : १३ बजे

स्वच्छ खानेपानी र सरसफाइ स्वास्थ्य, शिक्षा र आर्थिक उन्नतिको आधार : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले सुरक्षित पानी आपूर्ति र सरसफाइ नागरिकको

सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु

सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु- प्रतिनिधिसभा राज्य व्यवस्था तथा

आफ्नोबारे समाचार लेख्ने पत्रकारलाई कारबाही माग्दै हर्कले लेखे गृहमन्त्रीलाई पत्र

  काठमाडौं- आफ्नो विगतका कमीकमजोरी खोतलेर समाचार लेख्ने पत्रकार गोपाल

पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै

ललितपुर– ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने

श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

कोलम्बो– श्रीलङ्काको निर्यात विकास बोर्ड (ईडीबी) ले सन् २०२५ मा